काठमाडौँ, २ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति…