वितरण लाइन पुरानो भयो : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, ४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् वितरण लाइनलाई अपडेट गर्नुपर्ने बताएका छन् । इप्पान डे–२०८० का अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उनले विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने बताए । उनले भने,  “वितरणका पूर्वाधार पुराना भएका छन्, अपडेट गर्न आवश्यक छ,”  “लगानीमैत्री वातावरण बनाउँदै अगाडि बढ्नेछौँ । निजी क्षेत्रलाई निराश बनाउँदैनौँ ।”…