नाउपाको संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनीत

काठमाडौँ, २९ पौष । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको छ । शनिबार कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुई महासचिव हुने व्यवस्था समेत…