काठमाडौँ, १७ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेसन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका…