काठमाडौँ, ८ असोज । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले विभिन्न पेसा तथा व्यवसायमा यूएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ । पछिल्लो समयमा यूएईमा कार्यरत नेपाली श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न भएको गतिविधि बढेपछि दूतावासले सचेत गराएको हो ।…