कुवेतका अमिरको निधनमा राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

काठमाडौँ, २ पौष । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा  कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ । मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र…