कांग्रेसले राष्ट्रिय सभामा १० सिट दाबी गर्ने

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ ।  शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन…