काठमाडौँ, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको वर्तमान व्यवस्था असफल भइसकेको दाबी गरेका छन् । सोमवार काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाए । उनले अहिलेको व्यवस्था असफल भएकोले जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने…