म्याग्दी, २९ कार्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन् । “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने…