राजनीति

महोत्तरीमा माओवादी र एकीकृत समाजवादी परित्याग गरी ६५० भन्दा बढी एमालेमा प्रवेश



महोत्तरी, २८ कार्तिक । पछिल्लो समय सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी त्योग्नेको लर्को नै लागेको छ । यसै क्रममा महोत्तरी जिल्लामा दुवै पार्टीका गरी ६५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कौशिलाल यादव, उपसचिव अरुण सिंहसहित अधिकांश जिल्ला कमिटीका नेता एमालेमा प्रवेश गरेका छन् । यो सँगै महोत्तरीमा एकीकृत समाजवादीको पहिचान मेटिने सम्भावना देखिएको छ ।

त्यस्तै ४ जना माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु सहित दुवै पार्टीका ६५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । नवप्रवेशीहरुलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टीका तथा खादा लगाएर स्वागत गर्नुभयो । स्वागत गर्दै उहाँले योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने उल्लेख गर्दै समृद्धि नेपाल सुखी नेपालीको अभियानमा एमालेको नीति, सिद्धान्त र विचारलाई दृढताका साथ अगाडी बढाउन निर्देशन दिनुभयो ।