विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाग्यो

एजेन्सी, १८ साउन । विश्वभर एकै दिन २ लाख ४६ हजार ५६६ जना कोरोना संक्रमित  थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन्…