भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ लाख नाघ्यो

एजेन्सी, ८ साउन । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ लाख नाघेको छ । गएको २४ घण्टामा अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा गएकोे पाँच दिनमा मात्रै झण्डै २ लाख सङ्क्रमित थपिएका हुन् ।…