काठमाडौँ, १६ मंसिर । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको क्वालालम्पुरमा रहेको एमयूएजेड फोर्स एसडिएन विएचडि कम्पनीमा कार्यरत खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन् । वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्र मलेसिया गएका सार्कीको बुधबार सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको स्थानीय बाजिन्द्र…