इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन

एजेन्सी, ५ माघ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ । युद्धविराम प्रस्ताव अनुमोदन गर्ने/नगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र…