एजेन्सी, ३ माघ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको जनाएका छन् । ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बुधबार बिवरण सार्वजनिक गरेको हो ।