उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ । म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो जानकारी दिएको समाचारमा जनाइएको छ । करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले हातहतियारसहित सो आक्रमण गरेका छन । माउङ्गताउ राज्यमा गत आइतबारबाट सोमबारसम्म सात…