एजेन्सी, २१ मंसिर । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध थप १४ नयाँ मुद्दा दर्ता गरिएको छ । योसँगै इस्लामाबादमा इमरानविरुद्ध दर्ता भएका मुद्दाको संख्या ७६ पुगेको छ । इस्लामावाद क्यापिटल टेरिटरी पुलिस (आईसीटीपी)ले आज उच्च अदालतमा प्रतिवेदन बुझाएर यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार, गत महिना नोभेम्बर २४ मा इस्लामाबादको डी–चोकमा भएको प्रदर्शनपछि इमरानविरुद्ध १४…