अफगानिस्तानमा उम्मेदवारको गोली हानी हत्या

असोज १०, एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजनालाई गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिए । गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो…