विशेष संवाददाता भीष्मराज ओझा न्यूयोर्क, ८ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच आज भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका परराष्ट्र…