फ्रान्सद्वारा राष्ट्रसङ्घ सुरक्षा परिषद्को आकस्मिक बैठकका लागि आग्रह

पेरिस फ्रान्स, २३ चैत । फ्रान्सले मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न मङ्गलबार आग्रह गरेको छ । इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक विस्फोट गराइएको र सो…