काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौँबाट सिधा उडान गर्ने भएको छ । २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ । कम्पनीले कुवेतका लागि जनरल सेल्स…