हमासको आक्रमणमा आफ्नो ‘प्रत्यक्ष संलग्नता’ इरानद्वारा अस्वीकार

एजेन्सी, २२ असोज । संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको बताएको छ । समाचार एजेन्सी रोयर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौँ । तर प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौँ । यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको…