विश्व

इजरायल घटनाप्रति एनआरएनएको भर्त्सना



काठमाडौँ, २१ असोज । इजरायलमा भएको आतङ्कवादी  आक्रमणको गैर आवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो । ‘गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ ,विज्ञप्तिमा भनिएको छ ।