इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २१ चैत । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन । भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।