जेनेभा, १४ जेठ । विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् । मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले…