एजेन्सी, ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएका छन् । स्कटल्याण्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “थाइल्यान्डसँगको युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।” “मैले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीसँग भर्खरै कुरा गरेको छु र यो कुराकानी…