सम्पादकीय

राहत कटौतीपछि शरणार्थी भोकै, मानवीय संकटको खतरा बढ्यो



दमक, १५ माघ । राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिन देखि रासन बुझेका छैनन् ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी) ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । बेलडांगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन् । जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरु बताउँछन् ।

प्रर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालाबालिका र अशक्तमा समस्या देखिन थालेको छ । कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन् । डब्लुएफपीले वितरण गर्दै आएको न्युनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएको कान्तिपुरमा समाचार छ ।