समाचार

शौचालय जाँदा लडेर एक महिलाको मृत्यु



काठमाडौँ, ५ जेठ । भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको मृत्यु भएको हो ।

सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौँ मेडिकल कलेज दुवाकोट लगेका थिए ।

अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।