रोचक

कुकुरको अपहरण गरेर मागियो १० लाख फिरौती



काठमाडौँ, २१ माघ । तपाईँले के कुकुरको अपहरण भएको समाचार सुन्नु भएको छ ?

आयरल्यान्ड एक समूहले कुकुरको अपहरण गरेर उसको मालिकसँग फिरौती मागेका छन् ।

कुकुरको अपहरण गरेपछि उनीहरुले मालिकसँग १० लाख रुपैयाँ फिरौती मागेका छन्।

जोय ब्रोचेरटको घरपालुवा कुकुर ७ डिसेम्बरदेखि वेपत्ता भएको थियो । धेरै खोजी गरेपछि जब कुकुर भेटिएन तब उनले त्यसलाई खोजेर ल्याउनेलाई करिब ५ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।

अचानक एक दिन अपहरण गर्ने समूहले जोयलाई फोन गरेर यदि कुकुर चाहिन्छ भने १० लाख रुपैयाँ फिरौती दिन आगह गरे । मागेजति फिरौती नदिने हो भने कुकुरलाई रुखमा उल्टो पारे झुन्डाइदिने चेतावनी दिएका थिए ।

जोय ब्रोचेरट र उनका परिवार यस कुराले हैरान भएका छन् । उनीहरु यति धेरै रकम दिन पनि उनीहरुले नसक्ने बताएका छन् ।