समाचार

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ



काठमाडौँ, २३ वैशाख । १९ वर्ष ९ महिना २ दिन जेल सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका-२ खानीखोलाबाट नुवाकोटको ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत नुवाकोटले २०७८ पुस २६ गतेको कर्तव्य ज्यान मुद्दामा उनलाई १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर गरेको थियो । उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।