रोचक

नाबालक छात्रलाई यौन शोषण गर्ने शिक्षिकालाई २० वर्ष जेल चलान



एजेन्सी, २१ माघ । अमेरिका भर्जिनिायस्थित एक स्कुलकी २७ वर्षीया शिक्षिकाले आफ्नो १३ वर्षका छात्रलाई शिक्षिकाले यौन शिकार बनाएको खुलासा भएको छ । यो कुरा खुलासा भएसँगै नाबालक छात्रासंग सम्बन्ध राखेपछि शिक्षिकालाई २० वर्षसम्मका लागि जेल चलान गरिएको छ ।

विगत एक वर्षदेखि उनीहरुको असोभनिय सम्बन्ध चलिरहेको थियो । बच्चाका आमाबुवालाई भने यस बारेका कुनै जानकारी थिएन । तीं शिक्षिका २९ जून २०१६ मा पहिलो पटक पक्राउ परेकी छिन ।

डेली मेलका अनुसार एमेलिया टेट नामकी शिक्षिकालाई अहिले नाबाललाई आफ्नो यौन शिकार बनाएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको छ । उनले बच्चालाई २०१५ देखिनै यौन शोषण गरिरहेकी थिइन् । बच्चालाई आफ्नो सम्बन्धमा पारेपछि उनी बच्चासंग म्यासेन्जरमा कुरा पनि गर्ने गर्थिन् ।

आमाले शिक्षिकाले आफ्नो बच्चालाई धेरै अश्लिल म्यासेज पठाउने गरेको पाइन् । यस कुराले समस्यामा परेको परिवारजनले घटनाबारे प्रहरीलाई जानकारी गरायो ।