समाचार

सोमबार सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, २३ वैशाख । बागमती प्रदेश सरकारले वैशाख २४ गते भोली प्रदेशमा सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकारको वैशाख १२ गतेको निर्णयअनुसार नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने दिन वैशाख २४ लाई तोकेको थियो ।

‘नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू हुने दिनेको अवसरमा विसं २०८१ साल वैशाख २४ गते सोमबार बागमतीका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रदेश सरकारका सचिव पूर्णबहादुर दर्जीले भनेका छन् ।