समाचार

विकासका लागि बिदामा पूनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल



काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले विकास र समृद्धिका लागि विद्यमान बिदामा पूनर्विचार गर्न आवश्यक रहेको छ ।

६७ औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले बिदा कटौति आवश्यक रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री दाहालले भने,हामीकहाँ धेरै क्रान्ति भए, दिवस पनि धेरै नै छन्, अर्कोतिर धेरै जातजाति, भाषाभाषी र संस्कृति छन्, ती सबैको ऐतिहासिक योगदानको सम्मान गर्नु छ । तर, बिदा थपिँदै गएर विकास र समृद्धिका काममा बाधा पुग्ने अवस्था छ । हामीले कुन दिनलाई मूख्य राष्ट्रिय दिवसका रुपमा मान्ने भनेर सोच्नैपर्ने अवस्था आएको  छ । बिदा थप्ने होइन, कटौति गर्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राज्यद्धारा आयोजित कार्यक्रमहरु औपचारिक हुने, जनताको सहभागिता कमजोर हुने र जीवन्त नहुने समस्या रहेको उल्लेख गर्दै राज्यसँग जनताको सहभागिता सुनिश्चित गर्ने गरी जीवन्त कार्यक्रम बनाउन आग्रह गरे ।