राजनीति

तत्काल निर्वाचनको घोषणा नगरे एमाले आन्दोलनमा निस्कनेःःनेता खनाल



इलाम,२७ माघ । नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन् ।

नब्बे प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावना विपरीत हुने पनि बताए ।

अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको बताउँदै उनले सरकारले तत्काल निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताए ।