शैक्षिक

चितवनका नेताहरुले एमाले प्रवेश गरेकालाई गरे भव्य स्वागत



अमिर रामदाम

भरतपुर २ फागुन । “राष्ट्रिय एकता समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान” भन्ने नारासहित संचालित घरदैलो अभियानको समापन र यहि माघ २३ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको समुपस्थितिमा पार्टी प्रवेश गर्नु भएकाहरुलाई नेकपा एमाले भरतपुर उपमहानगरपालिका वडा नं २ ले खादा लगाएर भव्यताका साथ स्वागत गरेको छ ।

कार्यक्रमलाई संवोधन गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी ज्ञवालीले “जसरी छापावाल सुनलाई कसि लगाउनु पर्दैन, त्यसरी नै पार्टीको सच्चा योद्धा पहिचानमा कसि लगाउनु पर्दैन” भन्ने बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले चितवनका सचिवालय सदस्य अरुण पीडित भण्डारी, नेकपा एमाले चितवनका सचिवालय सदस्य कृष्णराज न्यौपाने लब्ली, नेकपा एमाले चितवनका सचिवालय सदस्य चक्र रुचाल, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तेजबहादुर रामदाम, नेकपा एमालेका राजकिय मामिला विभागका सदस्य राजु श्रेष्ठ, नेकपा एमालेका पर्यटन विभागका सदस्य बद्रि अधिकारी, नेकपा एमाले चितवनका जिल्ला सदस्य एवं वडा इन्चार्ज पूर्ण बहादुर श्रेष्ठ, नेकपा एमाले चितवनका जिल्ला सदस्य नमुना शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा एमाले क्षेत्रिय कमिटि सल्लाहकार विष्णु प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकपा एमाले वडा नं २का अध्यक्ष बलराम सिटौलाको सभापतित्व रहेको थियो ।