Banner News

निमित्तको भरमा प्रहरी संगठनको जिम्माः सरकारमाथि थप चुनौती



काठमाण्डौ, २फागुन । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । प्रहरी सगठनको जिम्मा पोखरेलले पाएका छन।सरकारले आइतबार डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि चन्द तेस्रो बरियतामा रहेको भन्दै परेको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी आएको हो । 
शुक्रवार र आइतवार परेका दुई छुट्टाछुट्टै रिट निवेदनमा तत्कालै सुनबुवाई गर्दै आइतवार र सोमवार प्रधानन्यायधिश सुशीला कार्कीको इजलाशबाट अन्तरिम अन्तरकालिन आदेश भएका हुन् ।
सरकारले महानिरीक्षकको नियुक्तिमा वरियता मिचेर र अलोकप्रिय निर्णय गरेका कारण सरकारको महानिरीक्षकको नियुक्तिप्रकरणमा चौतर्फि आलोचन भएको छ ।
सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्तिमा विवादको सानो स्वर पनि कतैबाट नसुनिनु, तर, एकै पटक गरेको जनपथ प्रहरी महानिरीक्षकको नियुक्ति सरकारको चर्को विरोध हुनुमा जनपथ प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले खुल्ला राजनीतिक हस्तक्षेप गरेका कारण नै सरकारको निर्णयको चौतर्फिरुपमा विरोध भएको हो ।

सर्वोच्च अदालत बाट भएको प्रहरी नेतृत्व नियुक्ति सम्बन्धी आदेशले दाहाल सरकारलाई नराम्रो झड्का परेको छ । फागुन ८ गते दुबै रिट एकै ठाउँमा राखी पेस गर्न पनि सोमवारको आदेशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहालले आइतबार सरकारी निवास बालुवाटारमा राखेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको हो । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुन् । प्रहरी प्रमुख आइतबार नै छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।

निमित्त प्रहरी महानिरीक्षकमा यसरी आए डा पोखरेल

फागुन २ । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । सरकारले आइतबार डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि चन्द तेस्रो बरियतामा रहेको भन्दै परेको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी आएको हो ।  सर्वोच्चले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयको फाइलसँगै कार्यक्षमता मूल्यांकन तीन दिनभित्र बुझाउन आदेश दिएपछि सरकार समेत व्याक भएको हो ।

यसरी व्याक भएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आइतबार सरकारी निवास बालुवाटारमा राखेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको हो ।   डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुन् ।  प्रहरी प्रमुख आइतबार नै छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।

त्यसैगरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको माथिल्लो तहको ठूलो जनशक्ति आज एकै पटक सेवानिवृत्त भएको छ । सेवानिवृत्त हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा छन् ।  त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल पनि आजैदेखि सेवानिवृत्त भएका छन् ।