अर्थ

एकिकृत नमुना मुसहर बस्ती निर्माणमा धुर्मुस सुन्तलीः श्रम सहयोगको माग गर्दे



काठमाडौं ८ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य ढेड महिना नपुग्दै आधा काम सकिएको छ ।

पौष २५ गते नेपालका चर्चित हास्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिल्यानाश गरेका उक्त बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो ।

लामो समयदेखी अशिक्षा, बेरोजगारी तथा पिछडिएका मुसहर बस्तीमा निर्माणधिन घरहरुको पहिल्लो तल्लाको काम सकिएको छ । मुसहर बस्ती निर्माणका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिए अनुसार अहिले बस्तीको ६ वटा घरहरुका पहिलो तल्लाको भित्री प्लास्टर सकिएको छ भने ४८ वटा घरको पहिलो तल्लाको काम सकिएको छ ।

‘अब हामी छिट्टै बस्ती सकाउन सक्छौ, काम निकै तिव्रताका साथ अघि बढिरहेको छ’ परियोजना ब्यबस्थापक न्यौपानेले भने सबैको साथ र सहयोग पाए हामी नया बर्षमा बस्ती हस्तान्तरण गर्नेछौ ।’

फाउण्डेसनका अध्यक्ष सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीअष्ट्रेलियाबाट फर्केलगत्तै लगातार बस्ती निर्माणमा खटिरहेका छन् । सबैको साथ र सहयोगले काम तिव्र अघि बढिरहेको बताउँदै उनले अझै पनि श्रम सहयोगको लागी आग्रह गरेका छन् ।

‘बस्ती निर्माणको काम जतिसक्दो छिटो सक्काउन पाए मुसहर बासीले खुसीको शास फेर्न पाउने थिए’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, अहिले हामीलाई केही स्वयंसेवकहरुको आवश्यकता छ’ । बिभिन्न ठाउबाट सहयोग रकम संकलन भईरहेपनि निकै ढिला गरि सहयोग आईरहेको उनले बताए ।

सहयोगीहरु बढिरहेपनि आफुहरुसँग बस्ती निर्माणका लागी लामो समय नभएकाले उनले सहयोग गर्न चाहने सबैलार्ई सक्दो सहयोग गर्नका लागी आग्रह समेत गरेका छन् ।

फउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ । फउण्डेसनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार बस्ती निर्माणका लागी अझै पनि २ करोड बढी रकम आबश्यकता छ ।

४२ दिनमा ५० प्रतिशत काम भएको नमुना बस्तीका लागी फाउण्डेसनले अहिलेसम्म २ करोडको हाराहारीमा खर्च गरिसकेको छ । १ करोड ५० लाखको हाराहारीमा खर्च भईसकेको र निर्माणका लागी खरिद गरीएका निर्माण सामाग्रीको बांकि रकम ५० लाख भन्दा बढी भने भुत्तानी गर्न बांकि रहेको छ ।