Banner News

पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै बाबुरामको कदमको नयाँ शक्तिमा नै विरोध



काठमाडौं,१२ फागुन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेको केही घण्टा नवित्दै नयाँ शक्तिपार्टी भित्रबाट त्यसको विरोध गरिएको छ । नयाँ शक्तिपार्टीका केन्द्रीय परिषद सदस्यहरुले विज्ञप्तिमार्फत विरोध गरेका हुन ।

उनीहरुले पार्टीनै निर्वाचनको विरोधी जसरी पार्टी संयोजकको धारणा आएको र पार्टीभित्र, महत्वपूर्ण निर्णय लिदा संस्थागत निर्णय सम्म नभएको जारी विज्ञप्तिमा उल्लेख गएिको छ । त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा केन्द्रीय परिषद सदस्यहरु निर्मल कुमार भट्टराई,मोहन वम,हरिराम रिमाल, चन्द्रदेव ओझा,सहदेव न्यौपाने लयागत रहेको छन् ।
बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका थिए। राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा निर्वाचनको मिति घोषणा गरिएको उनीहरुको आरोप छ।
उनीहरुले स्थानीय तह प्रदेश मातहत रहनु पर्ने र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

सरकारले सोमबार वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो। संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न पनि माग उनीहरुले गरेका छन्। ‘सरकारले संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित नगरी स्थानीय निर्वाचन घोषणा गरेर सरकारले द्वन्द्वमात्रै होइन यसले देशमा झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको छ,’संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।