राजनीति

बाबुरामको पार्टी पर्यो कारबाहीमाः तिर्लान सय रुपैयाँ जरिवाना ?



काठमाडौं, १२ फागुन । देशमा आर्थिक क्रान्ति गर्ने भन्दै निकै तामझामका साथ खुलेको नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले सय रुपैयाँ जरिवाना तिराउने भन्दा जो कोहि लाई पनि विश्वास नलाग्न सक्छ ।

तर सत्य यहि हो कि आयोगले डा बाबुराम भट्टराईले नेतृत्वको नयाँ शक्ति पार्टी नेपाललाई एक सय रुपैंयाँ जरिवाना तिराउने भएको छ ।

देशमा आर्थिक क्रान्ति गर्न भन्दै खुलेको मात्र नभएर पूर्व प्रधामन्त्री समेत बनेका डा।भट्टराईले नेतृत्व गरेको पार्टीलाई आयोगले सय रुपैयाँ जरिवाना तिराउने भएको छ । जरिवाना धेरै हैन सय रुपैयाँ मात्र हो । जरिवाना तिर्छन वा तिर्दैनन् त्यो भने हेर्नै बाँकी नै छ ।

अयोगले जारी गरेको सूचनामा डा।भट्टराई नेतृत्वसहित १८ राजनीतिदलहरुले आर्थिक वर्ष समान्प भएको ६ महिनासम्म पनि आय व्यय विवरण पेश नगरेपछि सय रुपैंयाँ जरिवाना गर्न लागेको हो । आर्थिक बर्ष सकिएको ६ महिना भित्र आर्थिक विवरण पेश नगरे एक सय रुपैंयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

आय व्यय पेश नगर्ने दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १६ बमोजिम सय रुपैयाँ जरिवाना हुन लागेको हो । नयाँ शाक्ति पार्टीसहित १८ वटै दलले आर्थिक बर्ष २०७२–७३ सालको आय व्यय विवरण तोकिएको समयभित्रै बुझाएको थिएन् ।