Banner News

इटहरीमा मानवसागर, माधव नेपालले भने –मिलेर चुनावमा जाउँ, सबैको हिसाव किताव जनतालाई गर्न दिउँ



इटहरी २२ फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आज सुनइटहरीमा भब्य आमसभा भएको छ ।

इटहरीको कार्यक्रमलाई एमाले बरिष्ठ नेता माधव नेपालले सम्बोधन गरे । नेकपा एमाले जनताको पार्टी भएकोले जनताको घरदैलोमा आएको बताए । नेता नेपालले लोकतन्त्रमा सबैलाई आफ्नो बिचार राख्ने स्वतन्त्रता भएको बताए । नेपालले भने – ‘मोर्चाका साथीहरु हिंसामा नउत्रनुस्, बिचार राख्ने कुरालाई अवरोध नगर्नुस् । आउनुस मिलेर चुनावमा जाउँ, सबैको हिसाव किताव जनतालाई गर्न दिउँ । ’

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनावबाट खुट्टा नकमाउन आग्रह गर्दै भने –‘कसैको लहैलहैमा नलाग्नुस् , चुनाव गराउनुस् ।
उक्त सभालाई एमाले नेता शंकर पोखरेलले संबोधन गर्दै स्थानिय जनता र पार्टी कमिटीलाई उत्साहजनक सहभागिताका लागि धन्यबाद दिए ।

’त्यस्तै इटहरीको कार्यक्रमलाई स्थाइ कमिटी सदस्य सुवास नेम्बाङले सम्बोधन गर्दै नयाँ संविधानले तराई पहाड र हिमालका जनताको अधिकारको ग्यारेन्टी गरेकाले भ्रममा नपर्न आग्रह गरे ।
बिराटचौकबाट र्याली अघि बढेपछि बाटोमा पर्ने गोठगाँउ, सुकुना, गछिया लगायतका बजारमा ठूलो संख्यामा उपस्थित जनसमुदायले एमाले समर्थित नारा लगाउँदै सडकको दुबै किनारामा उभिएर अभियानलाई हौस्याएका थिए ।