शैक्षिक

नक्कली परीक्षार्थी पक्राउ



काठमाडौँ, १४ वैशाख । काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरेको हो । 

शान्ति शान्ति शिक्षा मन्दिर मावि ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।