Banner News

लाठी,भाटा र टायरको अवरोध छिचोल्दै एमालेको विशाल जुलुस सप्तरीको राजमार्ग ढाक्दै अघि बढ्यो



सप्तरी, २३ फागुन । मधेसी मोर्चाले एमाले अभियान बिथोल्न बन्द आयोजना गरे पनि बन्द लाई चिर्दै एमालेको मेची–महाकाली अभियानको विशाल जुलुश २ नम्बर प्रदेश प्रवेश गरेको छ । सप्तरीमा एमाले २ नं प्रदेशका संयोजक सत्यनारायण मण्डलको नेतृत्वमा आएको जुलुशले इनरुवाटा आएको मुल जुलुशलाई स्वागत ग¥यो ।

एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले प्रदेश नम्बर २ का संयोजक मण्डललाई राष्ट्रिय झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेका हुन् ।

मोर्चाले सप्तरी बन्दको आयोजना गरे पनि अहिले सप्तरी प्रवेश गरेको एमालेको जलुशले राजमार्ग पुरै ढाकेर अघि बढिरहेको छ ।
त्अभियानलाई पहिलो मधेसी मोर्चाको पहिलो अवरोध थियो सुनसरीको इनरुवामा । जहाँ मोर्चाका ६० जना कार्यकर्ता कालो झण्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नारावाजी गर्दै थिए ।

तर, दशौं हजारको एमालेको मास आउँदै थियो । मासले पेल्दै जान थालेपछि विरोध गर्ने मोर्चाको समुह भाग्न थाल्यो । एमाले नेताहरु लालबाबु पण्डित, भगवती चौधरी र जगदिश कुसियतले सभालाई सम्बोधन गरे । त्यसरी नै मधेसी मोर्चाले एमालेको दुई महिना अघिदेखि निर्धारित अभियान बिथोल्न अचानक सप्तरी बन्दको आयोजना गरेको छ । एमालेले आमसभा आयोजना गरेको रंगशालामा आफ्नो कार्यक्रम रहेको भन्दै हिंसा भड्काउने मोर्चाको योजना थियो । एमालेले कार्यक्रमस्थल फेरेर औद्योगिक क्षेत्रमा मञ्च बनाएको छ ।
मोर्चाले हिजोदेखि नै गाउँ गाउँबाट लाठी र भाटासहित सदरमुकाममा उपस्थिति हुन सर्वसाधारणलाई उर्दी लगाएको थियो । तर, आइतबार करिव २ हजारको संख्यामा सदरमुकाममा जम्मा भएका लाठी र भाटा सहितका मोर्चा कार्यकर्ता घट्दै गएका थिए ।
भारदह नजिकै रुपनी बजारमा टायर बालेर बसेका मोर्चाका १२ जना कार्यकर्ता एमालेको जुलुस २ नम्बर प्रदेश छिर्दै गरेको खवर पाएपछि भागेका छन् ।