Banner News

मोर्चाका कार्यकताको भागाभागः गाउँ–गाँउबाट आएको जुलुसले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भरिभराउ



सप्तरी, २३ फागुन । मोर्चाले विहानै देखि गरेको बन्दलाई चिर्दै एमालेको मेची महाकाली अभियान सप्तरीको कार्यक्रमस्थल नजिक पुगिसकेको छ । बन्दका बाबजुद पनि सप्तरीका गाउँ गाउँबाट हजारै हजारको जुलुश कार्यक्रमस्थल तर्फ आएको छ ।

कार्यक्रमस्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गाउँ गाउँबाट आएको एमालेको जुलुशले भरिदैछ । सप्तरीको सदरमुकाम नजिकका पकरी परसौनी, डाढा, डिमन, इनर्वा, वनगामकट्टी लगायतका गाउँबाट एमालेका हजारै–हजारको संख्यामा जुलुश कार्यक्रमस्थलर्फ आइरहेको छ ।

मधेसी मोर्चाले एमालेका कार्यक्रम बिथोल्न सप्तरी बन्दको आयोजना गरेको थियो । बन्द छिचोल्दै सुनसरीको इनरुवाबाट एमालेको मुल जुलशु सप्तरी प्रवेश गरेको थियो । मोर्चाका कार्यकर्ताको अवरोधका बावजुद सप्तरीका गाउँ गाउँबाट औद्योगिक क्षेत्रतर्फ जुलुश आइरकेको छ । एमालेको जुलुश आएपछि अवरोधका लागि बसेका मोर्चाका कार्यकर्ताहरुको जुलुस देखेर भागदौड चलेको छ ।