राजनीति

मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यालय तोडफोड



लहान, २४ फागुन । मोर्चाका कार्यकर्ताले नेकपा (एमाले)को लहान नगरपालिका– १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा प्रदर्शन गरिरहेका छन । मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच ढुङ्गामुढा भएको थियो ।

आह्वान गरिएको मधेस बन्दलाई सफल बनाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि लहान, गोलबजार, मिर्चैयालगायत स्थानमा प्रदर्शन गरिरहेका छन् । यसैगरी मोर्चाका कार्यकर्ताले सप्तरी सदरमुकाम राजविराजस्थित नगरपालिका कार्यालय, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा तोडफोड गरेका छन् ।