राजनीति

अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा



काठमाडौँ, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ ।

आजबाट अन्तिम सुनुवाइ सुरु भएको सो मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा सो मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । अर्जुनपत्नी पूर्णिमायाले २०६९ मंसिर ७ मा सापकोटामाथि अनुसन्धान गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिट दायर भएसँगै विभिन्न कारणले सो मुद्दा सारिँदै आएको छ ।