शैक्षिक

आगलागीबाट २१ लाखको क्षति



बर्दिया, २५ फागुन । बर्दियाको सूर्यपटुवा गाविसमा जिमबहादुर रोकाको घरमा आज दिउँसो आगलागी हुँदा करिब रु २१ लाखको क्षति भएको छ ।

गुलरियादेखि करिब २५ किलोमिटर टाढा सुर्यपटुवा–३ कैलासी गाउँमा रहेको रोकाको खरले छाएको तीन वटा घरमा आगलागी हुँदा ती घरसहित घरभित्र रहेका केही नगद, अन्नपात लत्ताकपडा लगायत सामग्री गरी करिब रु २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । करिब दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । रासस