Banner News

एमालेका नेताहरुले भने –गृहमन्त्रीको उत्तेजित भाषण नै सप्तरी घटनाको प्रमुख कारण



काठमाण्डौ,२६ फागनु । नेकपा एमालेका मधेसी नेताहरुले राष्ट्रिय र एमालेको झण्डा जलाउनेहरु नेपाली नभइ भारतीय दलाल भएको आरोप लगाएका छन् । पूर्व मन्त्रीसमेत रहेका लालबाबु पण्डितले यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रिय झण्डामा आगो लगाउने आफ्नै देशका पार्टीहरुको कार्यालय र झण्डामा आगो लगानेहरु नेपाली हुन सक्दैनन्,’ पण्डितले भने, ‘उनीहरु भारतीय दलाल हुन् ।’

पण्डितले सप्तरी घटनाको प्रमुख दोषी वर्तमान गृहमन्त्री भएको पनि दाबी गरे । ‘वर्तमान गृहमन्त्रीले लाहनमा गएर उत्तेजित भाषण गरेको केही दिनपछि सप्तरीमा एमालेको कार्यक्रम भयो,’ पण्डितले भने, ‘गृहमन्त्रीको उत्तेजित भाषण नै सप्तरी घटनाको प्रमुख कारण बन्यो ।’

ण्डितले मधेसी मोर्चा आतंककारी बाटोमा हिडेको पनि आरोप लगाए । राजनीतिक बाटोमा नआए उनीहरुलाई राज्यले नियन्त्रणमा लिनुपर्ने पनि दाबी गरे । उनीहरु राजनीति बाटोमा नआए एमालेले ठीक ठाउँमा ल्याउने पनि दाबी गरे ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर दुईका एञ्चार्ज सत्यनारायण मण्डलले विदेशीको पैसा र सहयोगमा सप्तरी घटना भएको दाबी गरे ।

सप्तरी घटना नियोजित रुपमा घटाइएको हो, उनले भने, ‘सात ठाउँमा मेस चलाएर, झोलामा बम भित्र्याएर सप्तरी घटना घटाइयो । प्रहरीले संयमता नअपनाएको भए त्यहाँ कैलालीको भन्दा दुर्भाग्यपूण घटना घट्ने थियो । उनले भने वर्तमान गृहमन्त्रीकै कारण सप्तरी घटना घटेको आरोप लगाए ।