शैक्षिक

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने



काठमाडौँ, ३० फागुन । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइई मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् ।

विगतमा एसएलसी ९प्रवेशिका० भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ ।

शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँय समन्वय भइसकेको बताउनुभयो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुनेछन् ।

परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताउनुभयो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ । रासस