शैक्षिक

राप्रपाका नेताहरु पुनः अर्को पार्टी बनाउने तयारीमा



काठमाण्डौ,३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भएको एक महिना पनि निवित्दै फेरी पार्टी फुटको संघारमा पुगेको छ । महाधिवेशन अघि पार्टीका शीर्ष नेता पशुपतिशमशेर राणा संसदीय वोडको अध्यक्ष,डा.प्रकाशचन्द्र लोहनीलाई निर्देशक समितिको अध्यक्ष बनाउने र हलो चुनाव चिन्ह्र कायमै हुने सहमति कुनै पनि अध्यक्ष कमल थापाले पालना नगरेको भँन्दै पूर्व राप्रपाका नेताहरु पुनः अर्का पार्टी बनाउने तयारीमा जुटेको स्रोतले जानकारी गरायो ।

लोहनीले राप्रपा परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले पार्टीमा छलफल नगरी सरकारमा गएको,राष्ट्रिघाती संविधान सम्शोधनसंग मन्त्री पद साटेको,जस्ता आरोप लगाउँदै लोहनीले पार्टी परित्याग गरेका हुन् ।
लोहनीले हिजो पत्रकार सम्मेलन मार्फत जारी गरेको विज्ञप्तिमा
आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् । एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’
जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीको एकीकरण अगाढि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएको हो, यो प्रतिवद्धतालाई पनि ठाडै लत्याईएको छ ।’ उनले चुनाव चिन्ह हलो राख्ने भद्र सहमति भएको भएपनि अहिले आएर उक्त सहमतिलाई ठाडै लत्याईएको र उल्लंघन गरेको आरोप लगाए । लोहनीले पार्टी अध्यक्ष कमल थापालाई लेखेको पत्रमा ११ बुँदे असन्तुष्टिसहितका आरोपहरु लगाएका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ,‘पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विद्येयकमा भारी असन्तोष व्यक्त गर्दै आएको हो, र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो । राप्रपाका मन्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् ।
उनले नेपालको राष्ट्रियताको जगेर्ना गर्न देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वाभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेशीहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै भने,‘तर मधेशी दलहरुले आफ्नो माँगको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाइ नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।