समाचार

सेती नदीमा डुबेर एकजनाको मृत्यु



काठमाडौँ, २० वैशाख । डोटीको शिखर नगरपालिका–८, लुवाखडीस्थित सेती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नरबहादुर तामाङको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

तामाङ सोमबार नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीको टोलीले उनको शव बुधबार फेला पारेको हो ।